नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम (भिडियो)

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम आज देखि सुरु भएको छ । नेशनल प्याब्सन काठमाडौले राष्ट्रिय खेलकुद परिषदसँग एमओयु गरेर तालिम संचालन गरेको हो । तालिमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव एवं कार्यक्रमका प्रमुख अथिति टंकलाल घिसिङले गर्नुभएको थियो ।

खेलकुदलाई विद्यालय स्तरसम्म विकास गर्नकोलागि तालिमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले जानकारी दिनुभयो । तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधाका कुराहरु खेल शिक्षकहरुलाई प्रशिक्षण दिइने छ ।

यस्तै उद्घाटन कार्यक्रम पश्चात उपहारखबरसँग कुराकानी गर्दै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिनाले विद्यार्थीलाई विद्यालय स्तरदेखि ओलम्पिक सम्म जानको लागि खेल शिक्षकको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । सानको वार्षिक कार्यक्रम अनुसार नेशनल प्याब्सन सँगको सहकार्यमा तालिम संचालन गरिएको निर्देशक तिमिल्सिनाले जानकारी दिनुभयो ।


खेलकुदलाई अतिरिक्त क्रियाकलापमा नभई नियमित कक्षा जस्तै हुनेपर्ने सरोकारवाहरुको भनाई छ । तामिल माघ १० गते सम्म संचालन हुने छ । तालिममा विभिन्न स्कुलका खेल शिक्षकहरुको सहभागिता रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्