सरकार निमुखा पैदलयात्रीको दर्शकमात्र बनेको छः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै उनले सरकारमा बसेकाले निमुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।

काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन ।

शुक्रबार ट्विटरमा उनले भनेका छन् ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो, तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्