दार्चुलामा एक युवती मृत अवस्थामा फेला, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलाको मालिकार्जुनमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बिहिबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी मृत फेला परेकी हुन् । उनि आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्