रुडीगेरको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ, १९ पुस । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

रियल म्याड्रिडको जितमा खेलको ७८औं मिनेटमा एन्टोनियो रुडीगेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

यो रियल म्याड्रिडको यस सिजनमा १५औं जित हो । यो जितपछि १९ खेलमा ४८ अंकसहित रियल म्याड्रिड शिर्ष स्थानमा रहेको छ । त्यस्तै १९ खेलमा ४८ अंकसहित नै गिरोना गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

 

त्यसैगरी मल्लोर्काको भने १९ खेलमा १८ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्