पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

काठमाडौँ, १९ पुस । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

 

गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

 

पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए ।

 

फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ ।

 

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो ।

टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्