शुक्लाफाँटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीब्र

महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र पारेको छ। वडा नं. ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा आयोजना हुने १४ औं राष्ट्रपती रनिङ शिल्डको तयारी अन्तिम चरणमा पुगेको हो। प्रतियोगिता पुस २६ गतेदेखि हुँदैछ । फिल्ड निर्माणको काम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक बिरेन्द्रसिंह साउँदले बताए।

‘फल्ड निर्माण गरिसकेका छौं, कार्य विभाजन गरेर उद्घाटनको तयारी गरिरहेका छौं,’ उनले भने। राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुख रण बहादुर महराको संयोजकत्वमा कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा निर्देशन समिति बनेको छ। उक्त समितिले सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेर कार्य विभाजन समेत गरेको छ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सहभागी हुनेछन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स्, मार्सलआर्टस् गरि ४ वटा विधाका खेल हुनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्