फुलह्यामसँग आर्सनल स्तब्ध

काठमाडौँ, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ ।

 

आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

१-० गोलले अग्रता लोएको आर्सनलले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

 

फुलह्यामको जितका लागि खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए ।

 

यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए ।

 

यो फुलह्यामको यस सिजनमा सातौं जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ ।

 

त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्