बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित

काठमाडौँ, १६ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।

 

आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

 

टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक एक गोल गरेका थिए । त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।

 

यो यस सिजनमा टोटनह्यामको १२औं जित हो । यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौं स्थानमा रहेको छ ।

 

त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्