ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृ’त्यु

सांकेतिक तस्बिर

दार्चुला, १५ पुस । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ।

भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आज आइतबार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्