सामाजसेवि भट्टले गरे विद्यालयमा प्रथम हुने र बेसाहारालाई पोसाक दिने घोषणा

 कपिल देव भट्ट

दार्चुलाकाे महाकाली नगरपालिका वडा नम्बर नौ बेत हाल कामको शिलशिलामा दुवैमा रहेका पुष्कर दत्त भट्टले उलेनी आधारभूत विद्यालय उलेनिका बेसाहारा तथा कक्षामा राम्राे अङक ल्याउने बिद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता कापी लगायत सामग्री हस्तान्तरण गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन्।

समाजसेवी भट्टले बिगतमा पनि सहयोग गर्दै आएका छन्।केहि दिन पहिला मात्रै राष्ट्रिय मावी दत्तुमा बेसाहारा र कक्षामा प्रथम हुने ३३ जना बिद्यार्थीलाई रास्वापाका युवा नेता महाकाली नगरपालिकाका वडा सचिव मोहन सिंह नगारी मार्फत विद्यालयलाई हस्तान्तरण गरीएको विद्यालयका प्रधानाध्यापक कल्यान सिह धामीले जानकारि गराउनु भएको छ।

यस्तै सोही विद्यालयमा पढने बेसाहारालाई यसअघि खाद्यान्न समेत वितरण गरिएकाे थियाे। समाजसेवी भट्ट विगतदेखिनै विभिन्न बिरामी बचाउ अभियान चलाउँदै आएका छन्। सामाजसेवा गरिरहदा के कत्तिको हौसला मिलिरहेको छ भन्ने हाम्रो प्रश्रमा भट्टकाे प्रतिक्रिया यस्तो रहेको थियो।

“समाजसेवा गर्दा खुशी भइने कुरा स्वाभाविक नै हो विदेशमा दुःख गरेर कमाएको पैसाले आफू आन्नदित त हुन् सकिन्थ्यो होला तर मनले मान्दैन आफूले बिगतमा गरेकाे सङ्घर्षले अरुलाई सानाे सहयाेग भए पनि धेरै राहत हुन्छ जस्तो लाग्छ म जस्तै अरूले विदेशमा आउनु पर्ने वाध्यता नहोस् भन्ने मेरो चाहना रहेको छ यस्तै साथ सहयोग रहे सामाजसेवा निरन्तर गरिरहने छु ” समाजसेवि भट्टले भन्नुभयो। भट्ट रास्वपाका सक्रिय सदस्य समेत हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्