दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न

कैलाली – दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष चन्द्र देव बिष्टका अनुसार धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम स्कुलको प्राङ्गणमा दिउँसो २ बजे बाट बैठक बसेको र करि ५ बजे बैठक सम्पन्न भएको थियो । बैठकमा दार्चुला घर भइ हाल कैलालीमा बस्दै आएका बिद्यार्थी सहभागी भएका थिए । बिद्यार्थीहरु संगको यो बसाई लामो समय पछि भएको र बिद्यार्थी हरुको उपस्थित एकदमै राम्रो रहेको दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीका सचिव प्रकाश खत्रिले बताए ।

सम्पर्क मञ्च प्रति बिद्यार्थीको चासो बढ्दै गएको र यसलाई थप अगाडि बढाउन सम्पुर्ण बिद्यार्थी तथा दार्चुला र कैलालीमा रहेका अभिवावक हरुको पनि थप सहयोग आवश्यक पर्ने दार्चुला सम्पर्क मञ्चका अध्यक्ष बिष्टले जानकारी दिए ।  दार्चुला बाट विभिन्न किसिमका चोटपटक लागि उपचारको लागि धनगढी आउने नागरिकलाई रगतको आवश्यकता तथा अन्य कुनै पनि सहयोग चाहिएमा दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीमा सम्पर्क गर्न अध्यक्ष बिष्टले अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्