इटलीबाट आएकी ३१ वर्षीया महिलामा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ

काठमाडौं – इटलीबाट नेपाल फर्किएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ ।

बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए । महिलाले आफू २८ दिन अगाडि इटालीबाट आएको बताएकी छिन् ।

उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ । महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन् ।

उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्