मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो । तर, अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्