सुन्दरीमाई ध्यानयोग केन्द्रद्वारा ध्यानयोग स्मारिका २०८० लोकार्पण

आध्यात्मको खोजी योगसाधनाको अभ्यास एवं नैतिकताको बिकाश गर्न बुढानीलकण्ठ आश्रम स्कूल तथा सुन्दरीमाई ध्यानयोग केन्द्रद्वारा बुढानीलकण्ठ मन्दिरका मठाधिस एवं संरक्षक १००८ स्वामी निगमानन्दको प्रमुख आतिथ्यतामा साथै स्कूलका संरक्षक स्वामी गुञ्जनको सभापतित्वमा बिशिष्ट अतिथि स्वामी शान्तम तथा लोकअम्बिका कोषका संस्थापकद्वय डा.जगदीश शर्मा अधिकारी तथा इन्जीनियर महेश अधिकारीको आतिथ्यतामा पौष १० मंगलवारका दिन एक समारोहका बीच विविध कार्यक्रमका साथ ‘ध्यानयोग स्मारिका २०८० ‘को लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथि तथा सभापति द्वारा गमलामा पानी राखेर संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा बुढानीलकण्ठ मन्दिरका मठाधिस एवं संरक्षक १००८ स्वामी निगमानन्द महाराजद्वारा स्वामी चन्द्रेशको फोटोमा माल्यार्पण गरिएको थियो ,भने सो अवसरमा रचना बाचन (कविता ), पुरस्कार वितरण , स्मारिका लोकार्पण तथा परमपद प्राप्त स्वामी चन्द्रेशजी महाराजकाा बारेमाा बिचार गोष्ठी तथा भजन किर्तन समेत गरेर कार्यक्रमलाई विविधता प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा पारलौकिक क्षेत्र पदार्पित (ब्रम्हलीन) स्वामी चन्द्रेशजी महाराजको धार्मिक आध्यात्मिक तथा विविध पक्षको योगदानको चर्चा गरिनुका साथै कवि लेखक तथा मुर्धन्य साहित्यकारहरुद्वारा रचना बाचन गरिएको थियो । कार्यक्रममा डा. रामप्रसाद दाहालले पद प्रतिष्ठा चर्चा परिचर्चा आदिबाट माथि उठेर आफूभित्रको म संगको साक्षात्कार गर्न सकेमा मानव बाट महामानवमा रुपान्तरित हुन सकिने उल्लेख गर्दै स्वामी चन्द्रेशको मार्गनिर्देशन पछ्याई रहन सकौं भनि कामना गरेका छन् ।

यसैक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले जनकल्याणका कर्ममा दत्तचित्त मानवीय पक्षमा उदार परमहंस स्वामी चन्द्रेशजी महाराज भौतिक रुपमा हामीमांझ नरहेपनि वहाँको मानवीय ,सात्विक एवं आध्यात्मिक कर्मले महाराजजी हामीमाझ नै रहिरहेको प्रतित हुने भन्दै ‘ आमा पुकार्दै छु म ‘ नामक कविता बाचन गरेका थिए ।

उक्त अवसरमा कलाकार कपिल भण्डारी ,गोपाल तामाङ तथा स्वामी शान्तमले ब्रम्हलीन परमहंस स्वामी चन्द्रेशजी महाराजद्वारा रचना गरिएएका भजन गाएर सहभागीहरुहरुलाई आह्लादीत तुल्याएका थिए भने प्रा. डा.भागवत ढकालले स्वामी चन्द्रेशको कलाकारीता धर्मदर्शनको व्यवहारिक ब्याख्या एक तपस्वी तथा साधुका रुपमा स्मरण गर्दै आध्यात्मिक क्षेत्रमा वहाँको अभाव सदैव खड्किरहने बताएका थिए ।

सो अवसरमा विद्यार्थीहरुको आन्तरिक क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउने उद्धेश्यले ब्रम्हलीन स्वामी चन्द्रेशजी महाराजले कोरेका चित्रकलामा आधारित कविता प्रतियोगिता तथा गीता लोकभाष्य प्रतियोगितामा विजेता बन्न सफल बिद्यार्थीहरुको मुल्यांकनका आधारमा नगद राशी सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत गरिएका बाल कविहरु बुढानीलकण्ठ आश्रम स्कूलकी शिवानी राई प्रथम , थ्री स्टार एकोडेमीकी आश्रीया श्रेष्ठ द्वितीय , बुढानीलकण्ठ आश्रम स्कूलकी साक्षी घिमिरे तृतीय तथा फ्यूजन एकेडेमीका आशिष सिंह धामी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ,भने गीता लोकभाष्य प्रतियोगिता अन्तर्गत फ्यूजन एकेडेमीका आशिष सिंह धामी प्रथम, हिमालयन ह्यापी चिल्ड्रेन एकेडेमीकी सुस्मिता खत्री द्वितीय बुढानीलकण्ठ आश्रम स्कूलकी अंशु भण्डारी तृतीय तथा बुढानीलकण्ठ आश्रम स्कूलका पुष्कर बाबु भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

उक्त अवसरमा गरिएको रचना बाचन कार्यक्रममा कवि साहित्यकार मुकुन्द अर्यालद्वारा ‘ जीवन धन्य बनाउ ‘ कवि नारायण निरासीद्वारा ‘आफ्नो सुरक्षा गर’ बैरागी जेठाद्वारा स्वामी चन्द्रेशको रचना एक तेरा नाम से हो गया दिवाना नामक भजन बाचन गरिएका थिए,साथै कवि बसुन्धरा चौहान ‘म सिमल जस्तै छु ‘ सुजाता ज्ञवाली ‘ रित्तिंदै छ मेरो देश ‘ निर्मला गिरी ‘’ज्वाला’’ मेरो मुटु हो नेपाल कविता बाचन गरिएको थियो भने राजेन्द्र घिमिरेद्वारा चोटिलो मुक्तक प्रस्तुत गरिएको थियो यसैगरि कवि दीपक चौलागाईंद्वारा ‘बोनसाई’कविता तथा रुबि सत्यालद्वारा ‘’किन रुन्छ मान्छे ‘’ शिर्षकका कविता बाचन गरि काव्यिक माहौल निर्माण गरिएको थियो । बाचन गरिएका रचनाहरुले समग्रतामा समाजिक विकृति बिरुद्ध राष्ट्रभक्तिका भाव प्रचुर मात्रामा अभिव्यक्त गरिएको थियो भने बरिष्ठ गजलकार रामबहादुर पहाडीद्वारा गजल सुनाई सहभागीहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

उक्त कार्यक्रममा ठाकुर शर्मा भण्डारीले चित्रकलामा आधारित कविता प्रतियोगितामा सहभागीता जनाएका प्रतियोगीहरुको छनौट प्रकृयाका सम्बन्धमा सृजनामा भावनको गहिराइको मापनका आधारमा बैज्ञानिक बिधिको प्रयोगले सहभागीहरुको नाम रहित कविताको स्तर अनुसार श्रेणी विभाजन गरिएकोले पक्षपात रहित निर्णयमा पुग्न सकिएको बताएका छन् ।

यसैक्रममा लोकअम्बिका अक्षयकोषका संस्थापक डा.जगदीश्वर शर्मा अधिकारीले गीताज्ञानका रहस्य सत् चित्त आनन्दमा निमग्न रहन प्रत्येक व्यक्तिले प्रयत्न गर्नुपर्ने बताउँदै बिद्यालय परिवारले कोषको सत्कर्म जनजनमा पुर्याउने कार्य गरेकोमा आभार ब्यक्त गरेका थिए । साथै कार्यक्रमका सभापति एवं बुढानीलकण्ठ आश्रम स्कूलका संरक्षक स्वामी गुञ्जनद्वारा बर्तमान अवस्थामा देखिएको बिदेश मोहका बारेमाा कटाक्ष गर्दै पलायन समस्याको समाधान नभई यहि माटोलाई सिंचित गरिनु जरुरी रहेको बताउंदै यो देशको महत्व स्वामी चन्द्रेशले बुझ्नु भएकोले वहाँको अन्तिम अवस्था यहि माटोमा बितेको स्मरण गरेका थिए ।

सो अवसरमा श्रृङ्खला मासिक तथा स्टार एक्सप्रेस साप्ताहिकका प्रधान सम्पादक प्रविण जोशी , बिनका सदस्य कृष्णप्रसाद लामिछाने तथा प्रदीप श्रेष्ठ माधव घिमिरे लगायत बिद्यालय परिवार सहित सयौंको समुपस्थिति रहेको कार्यक्रममा आश्रम व्यवस्थापन समितिका अध्यक्ष द्वारिका चौलागाईं (ब्रम्हप्रिय प्रेमस्वरुप) ले उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने पुष्पराज अधिकारीले कुशलता पुर्वक कार्यक्रममा सहजकर्ताको भूमिका निभाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्