फुलह्याममाथि बोर्नमाउथ ३-० ले विजयी

काठमाडौँ, ११ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल गरेका थिए ।

 

यो बोर्नमाउथको यस सिजनमा सातौं जित हो । यो जितपछि बोर्नमाउथको १८ खेलमा २५ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।

 

त्यसैगरी फुलह्यामको भने यो यस सिजनमा १०औं हार हो । फुलह्यामको १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्