दक्षिण अफ्रिकाविरुद्ध भारतको खराब ब्याटिंग, पहिलो दिन ८ विकेट गुमायो

काठमाडौँ, १० पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा खराब शुरुवात गरेको छ ।

 

मंगलबार टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ८ विकेट गुमाएर २०८ रन बनाएको छ ।

 

भारतले ५९ ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाउदा खेल बर्षाले रोकिएपछि पहिलो दिनको खेल सकिएको थियो ।

 

भारतका लागि केएल राहुलले ७० रन बनाएर खेलिरहेका छन् । राहुल बाहेक विराट कोहलीले ३८ रन बनाएका थिए भने श्रेयस अय्यरले ३१, श्रदुल ठाकुरले २४, यशस्वी जैसवालले १७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५, शुभमन गिलले २, आर आश्विनले ८ रन बनाएका थिए ।

 

त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले ५ विकेट लिएका थिए भने नान्द्रे बर्गरले २ तथा मार्को जानसेनले एक विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्