पेनाल्टी सुटआउटबाट पोखरालाई पराजित गर्दै धनगढी फाइनलमा

काठमाडौं, ९ पुस । पेनाल्टी सुटआउटबाट पोखरा थन्डर्सलाई ४–३ ले पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि रहेकोमा अन्तिममा हिजाजीले गोल गर्दै धनगढीलाई बराबरीमा पुगाएका थिए।

यसपछि पेनाल्टी सुटआउटबाट ४–३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको हो।

पेनाल्टीमा पहिलो प्रहारका लागि आएका धनगढीका रिचार्ड ओसेइ, दोस्रोका लागि आएका फोडे फोफाना, चौथोका आशिष चौधरी, पाँचौँ देवेन्द्र तामाङले गोल गरे।

तेस्रोका प्रहारका लागि आएका अहमद हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले विफल बनाए पनि टिमको हार टार्न सकेनन्।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दीनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरे। तर, चौथो प्रहारमा आएका मोसेस ग्यावा र पाँचौँमा आएका आयुश घलानको प्रहारलाई धनगढीका गोलकिपर मोहमद ताहाले विफल बनाउँदै आफ्नो टिमको स्थान फाइनलमा सुरक्षित गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्