भिमेश्वर कप कबड्डी प्रतियोगिता सुरु

काठमाडौँ – भिमेश्वर कप कबड्डी प्रतियोगिता सुरु भएको छ । काठमाडौँको गोठाटारमा रहेको भिमेश्वर एकेडेमीको आयोजना सुरु भएको अन्तर विद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिताको चौथो संस्करणको आज उद्घाट गरिएको छ । सोमबार भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृतकुमार खड्काको अध्यक्षता तथा नेपाल कबड्डी एशोसिएसनका अध्यक्ष तुलसा थापाको प्रमुख आथित्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ ।


उपत्यकाका १६ विद्यालय सहभागि प्रतियोगिता आज र भोलि सम्म जारी रहनेछ । छात्र/छात्र र छात्रा/छात्रा तर्फका टीमबीच प्रतिस्पर्धा हुने छ । आज उद्घाटन सत्रमा १४ वटा खेल भएका छन् । छात्र र छात्रा तर्फका चारवटा टिमलाई पुरस्कृति गरिनेछ । प्रतियोगितामा प्रथम र द्धितीय हुनेले नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय हुने दुईवटा टिमले ट्रफि मेडल सहित प्रमाण पत्र पाउनेछन भने सहभागी टिमले प्रमाणपत्र पाउने आयोजक भिमेश्वर एकेडेमीको संस्थापक प्रिन्सिपल अमृक खड्काले बताउनुभयो ।

आज लिग चरणकाे खेलमा भीमेश्वर एकेडेमी छात्र -छात्रा, अर्किडकाे छात्र / छात्रा तथा बेष्ट ग्रुपकाे छात्र/ छात्रा दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्