बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

AI Photo

सिन्धुली, ९ पुस । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुछ गरिएको छ ।

 

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

 

बसको ठक्करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध परेका हुन् ।

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्