विश्व चर्चित साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स प्रतियोगिता पुनः स्थगित

काठमाडौं – फ्रान्समा आयोजना हुने विश्व चर्चित साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स प्रतियोगिता हाललाइ पुनः स्थगित भएको छ ।

स्थगित भएसँगै आयोजकले प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २० सम्म हुने नयाँ तालिका सावजर्निक गरेको छ ।

कोभिड १९ बाट फ्रान्स बढी प्रभावित हुँदै गएकोले फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो ।

आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको छ । प्रतियोगिता जुन २७ देखि जुलाई १९ सम्म हुने तालिका रहेको छ ।

टिम इनोज इगान गतवर्षको विजेता हो । टुर डे फ्रान्ससगै साइक्लिङका अरु दुइ मुख्य प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।- NTV

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्