निर्यात अर्ब रुपियाँमा खुम्चियो

काठमाडौं – नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६।०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ( वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७
करोड रूपैयाँ पुग्यो । त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्ब २० करोड पुगेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्