नापोलीमाथि रोमा २-० गोलले विजयी

काठमाडौं, ८ पुस । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले नापोलीमाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रोमाले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

रोमाको जितमा लेरेन्जो पेल्लेग्रिनी र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए।

यो रोमाको यस सिजनमा आठौँ गोल हो। यो जितपछि १७ खेलमा २८ अंक रहेको रोमा लिगको छैटौं स्थानमा उक्लिएको छ। त्यसैगरी नापोलीको १७ खेलमा २७ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्