आर्सनल र लिभरपुल बराबरीमा रोकिए

काठमाडौं, ८ पुस । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ। गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन्।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा खेलको चौथो मिनेटमा नै आर्सनलले गाब्रियल मागालहाएसको गोलमा अग्रता लिएको थियो। त्यसपछि खेलको २९औं मिनेटमा मोहमद सलाहको गोलमा लिभरपुलले बराबरी गरेको थियो। खेलमा त्यसपछि कुनै गोल हुनसकेन र खेल १-१ को बराबरीमा सकियो।

यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ। आर्सनलको १८ खेलमा ४० अंक रहेको छ। त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ।

त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्