आज देखी पोखरास्तरीय राष्ट्रपति रनिङशिल प्रतियोगिता हुने

PHOTO : The Himalayan Times

पोखरा, ८ पुस । पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता आजबाट सुरू हुँदैछ।

 

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पोखरा रंगशालामा आजबाट सुरु हुनेछ।

आयोजकका अनुसार आज देखी सुरु हुने प्रतियोगितामा कुल २३६ पदक प्रदान गरिने छ भने सो प्रतियोगितामा ३ हजार २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।

 

पोखरा खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार कुल पदक मध्ये ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि ११० विद्यालयबाट सहभागी विद्यार्थी खेलाडीहरु प्रतिस्पर्धामा उत्रनेछन् ।

 

जसअनन्तर्गत  भलिबल कबड्डी, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्