‘भक्तपुरका सहकारी संस्था भाग्दैनन्, भाग्न सक्दैनन्’

भक्तपुर – भक्तपुरका सहकारी संस्थाहरु अरु ठाउँंका सहकारी संस्थाहरु जस्तै भाग्न नसक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सुकुन्दा बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती ७ भक्तपुरको १६ औ साधारणसभा तथा छैटौं अधिवेशनको शनिबार भक्तपुरमा भएको उदघाटन कार्यक्रममा यहाँंका समुदायमा आधारित सहकारी संस्थाहरु कुनै हालतमा भाग्न नसक्ने बताइएको हो ।

साधारणसभाको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले कडाई गरेका कारण नगरभित्रका सहकारी संस्थाहरुमा ढुक्क भएर रकम जम्मा गर्न सकिने भएको बताए । भक्तपुरमा समुदायमा आधारित सहकारी संस्थाहरुमा पैसा जम्मा गर्दा अरु नाफा केन्द्रित सहकारीमा जस्तै भाग्ला कि भनेर कुनै चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए ।

भक्तपुर नगरपालिकाले अन्य जुनसुकै ठाउँंबाट स्वीकृति लिएर आए पनि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाबाट स्वीकृति नलिएकालाई कडाई गरेकाले भक्तपुरमा सहकारी संस्थाबाट नगरबासीहरु डुव्ने खतराबाट मुक्त भएको उनले बताए । उनले व्याजको लोभमा नाफामुलक सहकारी संस्थामा पैसा जम्मा नगर्न पनि नगरबासीहरुसँंग अनुरोध गरे ।

कार्यक्रममा जिल्ला बचतबाट प्रतिनिधिका रुपमा आएका राजकुमार लघु, नेपाल राष्ट वैंकका पूर्व कार्यकारी निर्देशक भुबन कँंडेल, संस्थाका सल्लाहकारद्धय विश्वराम कवां, विष्णुभक्त मारिखूलगायतले सहकारी संस्थामा पैसा जम्मा गर्दा ध्यानदिनुपर्ने कुराहरुबा चर्चा गरे । संस्थाका उपाध्यक्ष सविनभक्त कायष्ठको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापक सानुकाजी चिकंबञ्जार, डा चन्द्रकिरण कवांलगायतले बोलेका थिए ।

साधारणसभामा संस्थामा रहेका ६९ वर्षमाथिका ७५ जना बृद्धबृद्धाहरुलाई सम्मान गर्नुका साथै पौष्टिक आहार पनि वितरण गरिएको थियो । साधारणसभाको क्रममा संस्थामा सदस्य रहेका पीएचडी होल्डरहरुलाई पनि सम्मान गरिएको थियो । साधारणसभाको क्रममा विभिन्न साँंस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्