बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

Photo : AI

सिरहा – बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको प्रहरीले जनाएको छ।

बाल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षीय छोटु सदाय मुसहर म्याद थपको लागि जिल्ला अदालत पुर्याएका बेला आज अपसान्ह सरकारी वकील कार्यालय अगाडीबाटै फरार भएका हुन्।

इलाका प्रहरी कायालय लहानले गाडीमा म्याद थपको लागि सरकारी वकील कार्यालय अगाडी पुर्‍याइ हतकडी खोलेर गाडीबाट ओराल्ने क्रममा भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए। फरार सदायको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्