प्रधानमन्त्री कप महिला टी–२०: गण्डकी प्रदेशले कर्णालीलाई ४४ रन हरायो

काठमाडौं, ६ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको हो ।

 

गण्डकी प्रदेशले दिएको १४२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो ।

 

यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

 

यो गण्डकी प्रदेशको दोस्रो खेलमा पहिलो जित हो । यसअघि गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो ।

 

त्यस्तै कर्णाली प्रदेशको भने यो लगातार दोस्रो हार हो ।

 

अब गण्डकी प्रदेशले अर्को खेल आइतबार बागमती प्रदेशसँग खेल्ने छ भने कर्णाली प्रदेशले आइतबार नै सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्