देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

काठमाडौँ – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो ।

आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य ललितपुर) र दिनेशचन्द्र यादव (बाँके)रहेका छन् । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित भएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललका प्रेस संयोजक देविका घर्ति मगरले आयोग गठन भएको बारेमा जानकारी दिए ।

गत चैत ९ गतेको मन्त्री परिषद्को निर्णयअनुसार आयोग गठन गरिएको हो । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ । उक्त ऐनअनुसार आयोग गठन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्