फेसबुकमार्फत ब्लाक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ

काठमाडौं, ५ पुस। सामाजिक सञ्जालमार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन्। अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती माग्ने तीन जनालाई चितवन प्रहरीले बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१६बाट पक्राउ गरेको हो।

पक्राऊ पर्नेमा रत्ननगर नगरपालिका–१३का २० वर्षीय प्रवेश रिमाल, सिराहा स्थित लहान नगरपालिका–१ का १९ वर्षीय युनिक सिंह, पोखरा महानगरपालिका–२९का २२ वर्षीय अनुराग घिमिरे रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

उनीहरुले अश्लिल भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए। भिडियो कलगरी झुक्काएर गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सटगरी सो फोटो तथा भिडियो सार्वजनिक गर्ने भन्दै रकम फिरौती लिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

केटीको फेक फेसबुक अकाउण्ट बनाएर पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाउने गरेको पण्डितले जानकारी दिए। उनीहरुले कास्कीमा बस्ने मानिसहरुलाई समेत ब्याक मेलिङ प्रहरीले बताएको छ।

उनीहरूले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाईल समेत बरामद गरेको चिवतन प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्