कैलालीको धनगढीबाट प्रहरीका पूर्व सई पक्राउ

धनगढी, ५ पुस । कैलालीको धनगढीबाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट प्रहरीका पूर्व सई मदन धामी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुनुवा कक्षमा राखिएको छ। धामीलाई अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्