जितपछि गिरोना ला लिगाको शिर्ष स्थानमा

काठमाडौँ, ३ पुस । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाको जितको सिलसिला जारी रहेको छ ।

 

गएराती सम्पन्न खेलमा गिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो ।

 

गिरोनाको जितमा आर्टेम डोभबिकले २ गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए । गिरोनाको यो यस सिजनमा १४औं जित हो ।

 

१७ खेलमा ४४ अंक हासिल गरेको गिरोना लिगको शिर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ ।

 

त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औं अंक रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्