भारतमा लकडाउनको धज्जी उडाए, हजारौँ मजदुर सडकमा निस्किए, प्रहरीले गरे लाठिचार्ज

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन् ।

मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका आप्रवासी मजदुरले आफूले घर जान पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री मोदीले अबको एक साता लकडाउन थप कडाइ गर्ने बताएकै दिन मजदुरहरू घर जान पाउनु पर्ने माग राखेर सडकमा निस्किएका हुन् । ती मजदुरले यसअघि घोषणा गरिएको लकडाउन आज सकिने अपेक्षा गरेका थिए ।

सडकमा निस्किएका मजदुरलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा अहिले झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको बताइन्छ । यसअघि सुरत सहरमा अड्किएका आप्रवासी मजदुरले पनि घर जान पाउनुपर्ने माग गर्दै मध्यरातमा आन्दोलन गरेका थिए ।

छोटो सूचनाका आधारमा लकडाउन भएपछि हजारौं मजदुर हिँडेरै सयौं किलोमिटर टाढाको घर जान हिँडेका थिए । पछि केन्द्र सरकारले अन्तरराज्य सीमामा कडाइ गर्दै जो जुन प्रदेशमा पुगेका छन् त्यहीँ व्यवस्था गर्न भनेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्