कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

सांकेतिक तस्बिर

कञ्चनपुर –  कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा म१ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान्) र १३ वर्षका बालकृष्ण अवस्थी उपचारपछि डिस्चार्ज भएका छन्। बस र चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्