रक्तचन्दन जस्तो देखिने काठसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित भारत मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौं चल्ने मन्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्