महानगरस्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यू स्कुलका पौडेल प्रथम

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ।

उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बीच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले ‘मेरो सपनाको महानगर’ कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्