सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमणको परीक्षण सुरु, पेप्सीकोलामा हाईअलर्ट

काठमाडौं – काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ ।

उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेज मार्फत जानकारी दिएको छ । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।

यसैबीच पेप्सीकाेलामा काठमाडाैँ महानगरपालिकाले माइकिङका गर्नुका साथै किटनाशक औषाधिसमेत छर्किरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्