सिम्रौनगढ नगरपालिका कार्यालयमा ढुंगामुढा हुँदा एकको मृत्यु, १० जना घाइते

बारा –  बारा बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

सिम्रौनगढ नगरपालिकाका स्थानीय लक्ष्मी किसोरि मुखीया बिनको प्रहरीको गोली लागेर  ज्यान गएको हो।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई हाजिर गराउन लगेर जाने क्रममा प्रतिपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरूले हाजिर गर्न नदिएपछि विवाद सिर्जना भएको थियो।

आन्दोलनकारीले एमक्कासी ढुंगामुढा प्रहार गरी नगरपालिकाको गाडी तथा नगरपालिकाको भवनमा तोडफोड गरेका थिए। सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास तथा हवाइ फायर गरेका थिए। हवाइफायर गर्दा प्रहरीको गोली लागेर बिनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। विवाद बढ्दै गएपछि झडप भएको र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी घाइते भएको बताइएको छ।

भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी लक्ष्मी किसोरीको मुत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। प्रहरी उपरीक्षक काफ्लेका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेका थिए।  यस्तै घाइते भएका प्रहरीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्