फिजमले आयोजना गरको अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा माउण्ट शेभ इङलिस स्कुल प्रथम

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) ले आयोजना गरको फिजम  अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा माउण्ट शेभ इङलिस स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
आइतबार नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति अध्यक्ष समेत रहेका फिजमका अध्यक्ष अमृतकुमार खड्काकाे अध्यक्षतामा काठमाडौँमा आयोजित नृत्य प्रतियोगितामा माउण्ट शेभ इङलिस स्कुलले प्रथम स्थान हासिल गरेको हो । यसैगरी स्वर्णिम तारा बिद्या सदन द्धितीय, जेनियम इन्टरनेश्नल एकेडेमी तृतीय भएको छ ।


यस्तै नृत्य प्रतिगितामा ग्लोबल पब्लिक स्कुलले सान्त्वना अर्थात चौथो स्थान हासिल गरेको छ भने ग्रीनविच एकेडेमि पाँचौँ भएको छ । प्रतियोगितामा अनुशासनको उपाधि भने दिपिका स्कुलले जितेको छ भने उत्कृष्ट भेषभुषाको उपाधि अर्किड पुपिल सेकेण्डरी स्कुलले जितेको छ ।


विजेता पाँच वटै स्कुलका सहभागि तथा अन्य दुई विधाका विद्यालयलाई फिजमले सम्मान गरेको छ । कार्यक्रममा तिनजना निर्णायक रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष भावना कार्कीले विद्यार्थीको नृत्य प्रतिभाको प्रशंसा गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्