दक्षिण कोरियामा कोरोना संक्रमण निको भएका विरामीमा पुनः कोरोनाको संक्रमण देखियो

TOPSHOT - Medical staff wearing protective clothing take test samples for the COVID-19 coronavirus from a foreign passenger at a virus testing booth outside Incheon international airport, west of Seoul, on April 1, 2020. - The first charter flight arranged by South Korean government to evacuate its citizens from coronavirus-hit Italy returned home with 309 citizens on April 1, amid the worsening virus outbreak in the European country. (Photo by Jung Yeon-je / AFP) (Photo by JUNG YEON-JE/AFP via Getty Images)

काठमाडौँ – दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका १ सय १६ जनामा पुनः कोरोनाको संक्रमण देखिएको छ ।

पुनः संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ । सोमबार भने दक्षिण कोरियामा मात्र २५ जना नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो समय कोरियामा एक साता यता संक्रमितको संख्या निरन्तर कम हुँदै आइरहेको छ ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका (केसिडिसी) निर्देशक जियांगा इंन–क्योंगले बिरामीहरु पुनः संक्रमित भएको भन्दा पनि भाइरस पुनः सक्रिय भएको हुनसक्ने जनाएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार यसको वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको छ ।

‘यो संख्या अझै बढ्न सक्छ । जम्मा ९१ शुरुवात मात्र हो,’ कोरिया विश्वविद्यालय गुरो अस्पतालका संक्रामक रोगहरुका प्राध्यापक किम वू–जुले शुक्रबार भने । उनले समेत बिरामीहरु पुनः संक्रमित नभइ भाइरस पुनः सक्रिय भएको हुनसक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्