उत्कृष्ट नतिजा ल्याएको भन्दै गुरुकुल एकेडेमी सम्मानित

घोराहि  – घोराहि १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी सम्मानित भएको छ । साधानरणसभाको अवसर पारेर प्याब्सन घोराहि नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराहि नगर समितिले प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थिहरुलाई सम्मान गर्दै आएको छ जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरीएको गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा।कृष्णराज डिसिले जानकारी दिनुभयो । एसईई २०७९ मा सहभागि भएको गुरुकुल एकेडेमीले उत्कृष्ट नतिजा ४ जिपिए ल्याउन सफल भएको हो भने उत्कृष्ट ३।९५ जिपिए ३ जना विद्यार्थिबाट प्राप्त गर्न सफल भएको हो । पछिल्लो समय गुरुकुल एकेडेमी जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो परीचय बनाउन सफ भएको छ । घोकन्ते विद्या मात्र नभएर ब्यबहारीक ज्ञान प्रदान गर्दै आएको बिद्यालयमा अध्ययणरत बिद्यार्थिहरु पढाईमा त अब्बल छन नै उनिहरु ब्यबसाय गर्न सिक्छन ,खाना बनाउन सिक्छन , घास काट्न सिक्छन र सिकेको यस कुरालाई ब्यबहारमा लागु गर्छन र हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन । गत बर्षको एसईई परीक्षामा उत्कृष्ट ४ जिपिए ल्याएर प्याब्सन घोराहि नगरबाट सम्मानित हुन पाउदा विद्यालयका विद्यार्थि ,शिक्षक र अभिभावक निकै उत्साहित भएको आगामि दिनमा पनि यसरीनै नतिजा हासिल गर्ने गरी अगाडि बढ्न अभिभावकले सुझाव दिएका छन । विद्यार्थिहरुको सर्वाङ्गिन विकासको लागि विद्यालयको भुमिका अतुलनिय रहेको भन्दै आगामि शैक्षिक सत्र २०८१ बाट संचालनमा आउन लागेको लमहि गुरुकुल र तुलसिपुर गुरुकुल एकेडेमीलाई सफलताको शुभकामना समेत ब्यक्त गरेका छन ।साथै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन महत्वपुर्ण भुमिका खेल्नुहने गुरुकुलका सम्पुर्ण शिक्षकलाई सम्मान समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्