पदमा हुँदा र नहुँदा निरन्तर जनताको सेवामा लागिरहेका छन् अध्यक्ष धामी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामी पदमा हुँदा र नहुँदा निरन्तर जनताको सेवामा लागिरहेका छन् । नौगाड गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका धामी अहिले जिल्लाका विभिन्न क्षेत्रहरुमा पुगि राजनीति मार्फत जनताको सेवामा निरन्तर लागिरहेका छन् । गाउँपालिकाको अध्यक्ष हुँदा धामीको चर्चा देशभर भएको थियो । धामी जिल्ला कमिटिको अध्यक्ष भएपश्चात पार्टिको संगठन विस्तारमा जोडा दिएका छन् । उनी सधै पार्टिको संगठन र हितमा रहेर जनताको सेवामा लागिरहेको उनी निकट एक नेताले बताए ।

‘अध्यक्ष ज्यूको स्वास्थ्यमा समस्या अर्थात विरामी भएर पनि उहाँको पार्टि प्रतिको लगाव र सक्रियताले उनमा काम गर्ने हुटहुटी भएको प्रष्ट बुझिन्छ ।’ ती नेताले भने, ‘उहाँले गाउँपालिकाको अध्यक्ष हुँदा विकासको लागि जुन सक्रियता देखाउनु भएको थियो, अहिले पनि कुनै कमि आएको छैन ।’ अध्यक्ष धामी मृर्गौलाबाट पिडित छन् । उनी समय समयमा उपचारकालागि काठमाडौँ पुग्ने गरेका छन् ।

जिल्लाको नेतृत्व धामीले लिएपछि पार्टि संगठन चलायमान भएको छ । आगामी पुषमा एमालले जिल्ला अधिवेशन गर्दै छ । जिल्लाको नेतृत्वमा धामी दोहरिन सक्ने उनी निकटहरुले आकलन गरे पनि धामीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्