डेढ किलो गाँजासहित दुईजना पक्राउ

कास्की,  २० मंसिर । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुले नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्