अर्किड आइडलमा २२ जना फाइनल राउण्डका लागि छनोट, फाइनल शुक्रवार हुने

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को सेमिफाइन राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डमा सहभागी १ सय ५० जनामध्ये करिब ७० जना सेमिफाइनलका लागि सहभागि भएका थिए । ती ७० जनाको सेमिफाइनल राउण्ड आज सम्पन्न भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आज भएको सेमिफानलमा सहभागीमध्ये २२ जना फाइनल राउण्डका लागि छनोट भएका छन् । सेमिफाइनलमा गायिका पार्वती भूजेलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियाे । सबैकाे प्रतिभा उत्कृष्ट रहेतापनि अर्काे राउण्डमा जानकाे लागि केहि विद्यार्थी छनाैट गर्नुपर्ने भएकाले २२ जना छनाेट गरिएकाे र बाँकि सबैकाे प्रतिभा उत्कृष्ट नै रहेका निर्णायक भूजेलले बताउनुभयाे ।

विद्यार्थीहरुमा अन्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने, विद्यार्थीहरुमा जीवनपयोगी सिप तथा संस्कारहरु सिकाउने तथा लोक संस्कृतिहरुको संरक्षण गर्ने जस्ता उद्देश्यहरु राखि सञ्चालनमा ल्याइएको यस आइडलको फाइनल राउण्ड यहि शुक्रवार हुने विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

फाइनलका लागि छनोट भएका विद्यार्थीहरुको अभिभावक समेतलाई बोलाई उहाँहरुको उपस्थितिमा फाइनल राउण्ड विद्यार्थीले प्रस्तुती दिनेछन । विद्यालय, विद्यार्थी र अभिभावकको सम्बन्ध विस्तारका साथै विद्यार्थीेहरुको अन्तर्निहित क्षमताबारे अभिभावकहरु समेत जागरुक गराउन आइडलको अवधारण लिएको हाल आएर नवौँ श्रृङ्खलामा पुगेको विद्यालयका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो ।

विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको पाइन्छ । विद्यार्थीहरुले प्रतिभासँगै विद्यालयबारे डिजिटल रुपमा जानकारी दिन फेसबुक पेज, फेसबुक ग्रुप तथा युट्युब समेतमा अर्किड स्कुल सक्रिय रहेको छ ।

फाइनलमा प्रवेश गर्नेहरुको नामावली
शुष्मा बीक
सोनिया लामा
करुण पाण्डे
विनिशा राजभण्डारी
प्रतिष्ठा पोखरेल
सुशान्त मगर
दिलासा काझी
खुसी कार्की
सरिना कार्की
आशिका थापा मगर
दिपिशा बलामी
विकास तामाङ
रोजिना खड्का
रिराज पौडेल
पुण्यशिला भुजेल
आयान शाही
सुनिता बजगाई
रेविशा बस्नेत
सुप्रभाती न्यौपाने
शिवानी खड्का
सोनिया खड्का
लुना बराल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्