प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

विशाल बस्नेत/ न्युज कारखाना

महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।

 

पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

 

अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।

 

बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खडकाले जानकारी दिए ।

 

यसपछी प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिकामा पुग्ने छन । गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

केही भेटघाट वाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पाटीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्