बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ – बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो ।

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न पुगेकी ३१ वर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो । दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको काइँला बाबालाई कल गरेर कमला बितेको खबर दिएका थिए ।

त्यसपछि रेडिङमै बस्ने मिडियाकर्मी विषन गुरुङले गैरआवासीय नेपाली संघ बेलायत (गाहामगर समूह) अध्यक्ष प्रेम गाहामगरलाई ९ बजे फोन गरेर सहयोगका लागि अपिल गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्