कागेश्वरी मनोहरा नगर शिक्षा द्वारा आयोजित बादविवाद प्रतियोगितामा अर्किड स्कुल तृतीय

काठमाडाैं – कागेश्वरी मनोहरा नगर शिक्षा द्वारा आयोजित बादविवाद प्रतियोगितामा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल तृतीय भएको छ ।

उक्त प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका विद्यालयहरु सम्मलित भएका थिए । काठमाडाैंमा आयोजित नगरस्तरीय प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै अर्किड स्कुलकी चासुम राईले ट्रफि, प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

नगरपालिका भित्र रहेका स्कुलहरुका प्रतियोगिहरुबिचा प्रतिस्पर्धा गर्दै अर्किड स्कुलकी छात्रा चासुम राईले तृतीय स्थान प्राप्त गर्नु विद्यालयका लागि थप प्रेरणा भएको विद्यालयका संस्थापक प्रेम कुमार भुजेलले बताउनुभयो ।

अर्किड स्कुलले यस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउदैँ आइरहेको छ । थुप्रै विद्यालयको भिडमा प्रतिस्पर्धा गर्दै अधिकांश स्थानबाट विजेता, उपविजेता, तृतीय, सान्त्वना प्राप्त गर्दै आइरहेको छ । नेशनल प्याब्सन केन्द्रिय समिति, नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति, नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समिति, फिजम, अन्तरविद्यालय प्रतियोगिता तथा कागेश्वरी मनोहरा नगरपालिकाले लिने नगरस्तरीय प्रतियोगितामा अर्किड स्कुलले सहभागिता जनाउदैँ आइरहेको छ ।

विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त क्रियाकलाप जस्तै भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, निबन्ध लेखन, कविता वाचन, वक्तृत्वकला, वादविवाद प्रतियोगिता, हाजरीजवाफ प्रतियोगिता लगायतमा अर्किड स्कुल सक्रिय रहको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्