बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

पोखरा, १४ मङ्सिर । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

बागमतीले दिएको १२८ रनको लक्ष्य पछाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि बागमतीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

 

केपी ओली टी- २० को अर्को सेमिफाइनलमा आजै एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्