एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी

बैतडी, १४ मंसिर । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन् ।

 

एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन्  ।

 

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन ।

 

यसैगरी, नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन ।

 

एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उनीहरूलाइ पार्टीमा स्वागत गरेका छन । जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किए पछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दावी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्