च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल गरेको हो ।

 

आर्सनलको जितमा काइ हाभेर्ट, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक एक गोल गरेका थिए ।

 

त्यसैगरी यसै समुहको गएराती भएको अर्को खेलमा सेभिया भने पीएसभीसँग ३-२ गोल अन्तरले पराजित भएको छ । यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

 

अब अन्तिम चरणका खेल खेल्न बाँकी रहदा समुह ए मा आर्सनलको ५ खेलमा १२ अंक भएको छ र राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

 

त्यस्तै समुह ए बाट पीएसभीको ५ खेलमा ८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

 

त्यसैगरी लेन्सको ५ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ भने सेभियाको ५ खेलमा केवल २ अंक रहेको छ । सेभियाको च्याम्पियन्स लिगमा अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको छ ।

 

अब समुह चरणको अन्तिम खेलमा आर्सनलले पीएसभीसँग र लेन्सले सेभियासँग खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्