च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

गालाटासारेका लागि हाकिम जियाचले २ गोल गरेका थिए भने मुहमद केरेमले एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि अलेजनान्द्रो गर्नाचो, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए ।

त्यस्तै यसै समुहको अर्को खेलमा बायर्न म्युनिख र कोपेनहेगन गोल रहित बराबरी खेलेका थिए ।

अब समुह ए मा अन्तिम खेल खेल्न बाँकी रहदा बायर्न म्युनिखको ५ खेलमा १३ अंक रहेको छ र राउण्ड १६ मा छनौट भएको छ भने कोपेनहेगन र गालाटासारेको ५-५

खेलमा ५-५ अंक रहेको छ भने म्यानचेस्टर युनाइटेडको ५ खेलमा ४ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा अर्को साता म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखको सामना गर्ने छ भने कोपेनहेगनले गालाटासारेको सामना गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्